अमेरिकाको नर्थ क्यारोलिनाको स्टेट्सभिल क्षेत्रमा विमान दुर्घटना

पुस ४ काठमाडौं।
अमेरिकाको नर्थ क्यारोलिनाको स्टेटुसभिल क्षेत्रमा निजी विमान दुर्घटना भएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको अनुसरा अमेरिकाका नर्थ क्यारोलिना स्टेट्सभिल क्षेत्रमा एउटा निजी जहाज दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको उल्लेख गरेको छ।

एक सेस्ना ५५० व्यवसायिक जेट दुर्घटना हुँदा पूर्व ७ जनाको मृत्यु भएको र विमान स्टेट्सभिल रिजनल एयरपोर्टमै दुर्घटनाग्रस्त भएको जनाएको छ।

दुर्घटनामा परी पूर्व नास्कार चालक ग्रेग बिफलको मृत्यु भएको समाचार संस्था रोयर्टसले जनाएको छ।

दुर्घटना पछि भीषण आगलागी हुँदा मृतकमध्ये बिफल र उनका नजिकका परिवारको सदस्य रहेको आशंका गरिएको नर्थ क्यारोलिना हाइवे पेट्रोलले जनाएको छ।

विमान बिफलसँग सम्बन्धित एक कम्पनीको नाममा दर्ता भएको जनाइएको छ। भने सातै यात्रुको नाम चिकित्सक कार्यालय बाट औपचारिक प्रमाणित भएपछि सार्वजनिक गरिने अधिकारीहरूले बताएका छन्।

विमान फ्लोरिडातर्फ उडेको केहीबेरमै खराब मौसमका कारण फर्किन खोज्दा स्थानीय समया अनुसार बिहान करिब १०ः१५ बजे दुर्घटना भएको थियो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *