मंसिर १६ काठमाडौं।
दक्षिण र दक्षिणपूर्वी एसियाका विभिन्न देशमा भारी वर्षाका कारण एघार सयभन्दा बढीको मृत्यु भएको जनाएको छ।
एक साता देखि भारी वर्षाका कारण गएको बाढी–पहिरोका कारण दक्षिण र दक्षिणपूर्वी एसियाका विभिन्न देशमा १,१०० जनाभन्दा बढीको ज्यान गइसकेको तथा सयौं हराइरहेका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेको छ।
बाढी–पहिरो कम नभएकाले हराइरहेका व्यक्तिको खोजी र उद्धार कार्य जोखिमपूर्ण बनेको जनाएको छ।
त्यस्तै इन्डोनेसिया, थाइल्यान्ड र मलेसियाका केही भागमा चक्रवातले ल्याएको भारी वर्षाले लाखौं मानिस गम्भीर बाढीको सामना गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था ’सिएनएन’ले जनाएको छ।
अर्कातिर श्रीलंकालाई छुट्टै आँधीले प्रभावित पारेको, आँधीका कारण केही क्षेत्र डुबानमा परेको र श्रीलंकाले कहिल्यै नदेखेको जटिल मौसमी चुनौती सामना गरिरहेको छ।
श्रीलंकाली राष्ट्रपति अनुरा कुमारा दिशानायकले ’विगतमा देश कहिले पनि यति ठूलो मौसमी विपत्तिमा नफसेको’ बताएका छन्।
सरकारी समाचार एजेन्सीको अनुसार राष्ट्रपति प्राबोवो सुबियान्तो टापुको उत्तरी भागका बाढीपीडितलाई भेट्न जाँदा त्यहाँ इन्धन आपूर्ति र सडक पहुँचमा समस्या रहेको जनाएको छ।
टापु घना वन, सक्रिय ज्वालामुखी र संकटग्रस्त बासस्थानका रूपमा चिनिएको छ। भने सेना र प्रहरी पनि उद्धारका लागि परिचालन गरिएको जनाएको छ।
दक्षिण एसियाली मुलुक श्रीलंकामा ११ लाखभन्दा बढी मानिस ’दित्वा’ चक्रवातले ल्याएको पहिरो र बाढी बाट प्रभावित भएका छन्।
कम्तिमा ३९० जनाको मृत्यु भएको र ३५२ जना हराइरहेको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ। जहाँ २५ हजारभन्दा बढी घर नष्ट भएको छ। भने १ लाख ४७ हजार जना अस्थायी शिविरमा बस्न बाध्य भएका छन्।