गृहमन्त्री ओमप्रकाश अर्याल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेट

कात्तिक २० काठमाडौं ।
गृहमन्त्री ओमप्रकाश अर्याल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

आज गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका हुन्।

भण्डारीसँगको भेटमा गृहमन्त्री अर्यालले पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक विषय, आगामी प्रतिनिधिसभाको निर्वाचन लगायत बारे छलफल गरेको स्रोतले जनाएको जनाएको छ।

पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न गृहमन्त्री अर्याल भंगाल पुगेका थिए।

सो क्रममा गृहमन्त्री अर्यालले जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी भएको पूर्वराष्ट्रपति भण्डारीको निवास समेत निरीक्षण गरेका थिए।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *