भदौ २६ काठमाडौं ।
भारतसँगको सीमा नाका गड्डाचौकीबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएको छ।
छिमेकि मुलुक भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकी कडाई गरेर नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाएको एसएसबीले जनाएको छ।
नेपालमा ‘जेनजी’को आन्दोलन पछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाकामा कडाइ गर्नुका साथै नेपालीलाई भारत प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिएका छन्।
हिजो एसएसबीले कारागार बाट भागेर भारत जान लागेका चार जनालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई जिम्मा लगाएको छ।
Post Views: 3