पुनः शिक्षक महासंघले गर्यो आन्दोलनको घोषण

भदौ ६ काठमाडौं ।
शिक्षक महासंघले पुनः आन्दोलनको कार्यक्रम घोषण गरेको छ।

नेपाल शिक्षक महासंघले भदौ ९ गते देखि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

आज महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी पहिलाे चरणा आन्दोलनको कार्यक्रम सार्वजानिक गरेको छ।

प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र भदौ ९ गते बुझाइने, ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउने र त्यह २ घण्टा प्रतिनिधिमूलक धर्नाको कार्यक्रम घाेषणा गरेकाे छ।

भदौ १३ गते सबै पालिका, भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासंघले जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *