भदौ ६ काठमाडैं ।
ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले पेरुका राष्ट्रपति डिना एर्सिलिया बोलुआर्टे जेग्गारालाई ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।
पेरुको परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको उक्त समारोहपछि राजदूत काफ्लेले पेरुका विभिन्न उच्च अधिकारीहरूसँग भेटघाट गरेका थिए।
पेरुले दक्षिण–दक्षिण सहयोगअन्तर्गत नेपाललाई विपद् जोखिम व्यवस्थापन, खानेपानी, सरसफाइ र दिगो सहर जस्ता क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ।
आर्थिक साझेदारीलाई प्रवर्द्धन गर्न व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदानलाई सहज बनाउने विषयमा पनि दुवै पक्षबिच छलफल भएको जनाएको छ।
Post Views: 10