साउन २२ काठमाडौं ।
सरकारले जलवायु वित्त परिचालनको कार्यविधिका लागि सुझाव मागेको छ।
जलवायु परिवर्तनबाट सिर्जित समस्याको समाधान गर्ने अर्थमन्त्रालयले जलवायु वित्त परिचालन सम्बन्धी मस्यौदा तयार पार्न सुझाव मागेको हो।
अर्थमन्त्रालयले तयार पारेको कार्यविधि अन्तर्राष्ट्रिय सहयोग प्रभावकारीरूपमा परिचालन गर्ने गरी तयारी गरिएको उल्लेख गरेको छ। मन्त्रालयले अन्तिम रूप दिनको लागि भदौ १० गतेसम्मका लागि सरोकारवालासँग सुझाव माग गरिएको छ।
तयार पारेको मस्यौदामा हानी नोक्सानी बापतको सम्बोधन, जलवायु अनुकूलन, उत्सर्जन न्यूनीकरण र कार्बन व्यापारको क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको अर्थले जनाएको छ।
Post Views: 13