असार १० काठमाडौं ।
इजरायल र इरानद्धारा युद्धविराम सहमति गरे सँगै युद्धको अन्त्य भएको घोषणा गरेको छ। युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराम सहमति गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन्।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै केही घण्टाभित्र युद्धविराम लागू हुने बताएका छन्।
प्रारम्भमा इरानले युद्धविराम सुरु गर्ने त्यसको १२ घण्टापछि इजरायलले पनि त्यसमा सहभागी हुने र त्यसपछि २४ घण्टाको समयावधिमा दुवै पक्षले युद्धको औपचारिक अन्त्यको घोषणा गर्ने जनाएको छन्।
ट्रम्पले दुबै राष्ट्रले धैर्य, साहस र समझदारी देखाएकोमा बधाई दिँद सहमतिले दीर्घकालीन विनाश बाट सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई बचाउन सक्ने विश्वास व्यक्त गरेका छन्।
सञ्चार माध्यमहरुमा उल्लेख गरे अनुसार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पसँगको समन्वयमा इरानसँग द्विपक्षीय युद्धविराम गर्न सहमत भएको बताएका छन्।
युद्धविराम सहमति भए पछि ट्रम्पले सबैलाई एकताको सन्देश दिएकोमा ईश्वरलाई धन्यवाद! ’ईश्वरले इजरायल, इरानलाई आशिर्वाद दिनुहोस् र ईश्वरले मध्यपूर्व, संयुक्त राज्य अमेरिका तथा समग्र विश्वलाई पनि आशिर्वाद दिनुहोस्।’ लेखेका छन्।
युद्धविरमा बारे हालसम्म इजरायल र इरान बाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।