हङकङकमा जारी चारदेशीय टी–२० सिरिजमा नेपालको विजयी सुरूवात

चैत २७ काठमाडौं ।
बुधबार देखि हङकङमा जारी चारदेशीय टी–२० सिरिजमा नेपालको विजयी सुरुवात भएको छ।

कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेट गुमाएर भेट्टायो। हङकङको मङ कोकस्थित मिसन ग्राउन्ड रोडमा कतारलाई ८ विकेटले पराजित गर्दै नेपालले सुखद सुरूवात गरेको हो।

कप्तान रोहित पौडेल ३७ रन र बसिर अहमद ३० रन बनाएर नट आउट रह्यो पौडेलले २९ बलमा २ चौका र १ छक्का प्रहार गर्दा बसिर अहमदले ३३ बलमा २ चौका हाने।

बलिङतर्फ कतारका मुजिब उर रहमानले २ विकेट लिए। नेपालले कतारविरूद्ध टस जितेर बलिङ गरेको थियो।हङकङको मङ कोकस्थित मिसन ग्राउन्ड रोडमा कतारलाई १५१ रनमा रोक्ने क्रममा नेपालले ५ विकेट लियो।

करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र ललित राजवंशीले एक–एक विकेट लिएका थिए। नेपालले सिरिजको दोस्रो खेल चैत २८ गते कुवेतसँग र चैत ३० गते हङकङसँग खेल्नेछ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *