फागुन १७ काठमाडौं।
कर्णाली प्रदेशको हिमाली जिल्लाहरुमा भारी हिमपात भएको छ। हिजो बिहानैदेखि निरन्तर कर्णालीका हिमाली जिल्लाहरुमा भारी हिमपात र पहाडी जिल्लाहरूमा वर्षा भइरहेक छ।
लामो समयको खडेरीपछि हिमपातसँगै भएको वर्षातले किसानहरू भने उत्साहित भएका छन्। हिउँदे बाली गहुँ, जौँ र ज्वाँतो सुक्न थालेपछि निराश भएका किसानलाई वर्षासहितको हिमपातले खुशी भएका छन्।
विशेष गरी कर्णालीको जुम्ला, हुम्ला, मुगु र डोल्पामा हिउँले ढपक्कै ढाकेको छ। हरेक वर्ष हिउँदमा हिमपात हुने कर्णालीका हिमाली जिल्लामा यस वर्ष भने ढिलोगरी हिउँ परेको जनाएको छ।
आकाशबाट पानी नपर्दा स्याउ र ओखरका बिरुवा रोप्न नसकिएको जुम्ला गोठिचौरका व्यवसायी चित्र बहादुर बुढा बताउँछन् । ‘लगाएको सबै अन्नबाली चौपट हुने अवस्था आएको थियो अब हिमपात र वर्षाले थोरै भएपनि राहत दिएकोमा खुशी व्यक्त गरेका छन्।,’
हिमपातले हुम्ला, मुगुको हवाई सेवा अवरुद्ध हुनुका साथै जनजीवन सामान्य रुपमा प्रभावित भएको छ।