जापनले नेपालको विकासमा निरन्तरता दिने, राजदूत तोरु मायदा

माघ १८ काठमाडौं ।
जापनले नेपालको विकासमा निरन्तरता दिने राजदू तोरु मायदाले बताएका छन्।

नेपालका लागि जापानका नवनियुक्त राजदूत तोरु मायदाले जापानले नेपालको विकासमा गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोगलाई निरन्तरता दिने बताएका हुन्।

नेपाल जाइका अलमनाई एशोसिएसन (जान) द्वारा नवनियुक्त राजदूत मायदाको सम्मानमा आयोजित स्वागत कार्यक्रममा उनले नेपाल–जापानबीच लामो समयदेखि मैत्रीपूर्ण, घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताएका छन्।

राजदूत मायदाले ‘हाल करिब दुई लाख नेपाली जापानमा अध्ययन लगायत विभिन्न पेसा र व्यवसायमा संलग्न हुनुहुन्छ।जापानी भाषा, संस्कृति र जापानका बारेमा ज्ञान भएका नेपाली जनशक्तिको जापानमा अझै खाँचो रहेको बताएका छन्।’

दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन र नेपालको विकासका लागि भविष्यमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *