बंगलादेशले हसिनालाई फिर्ता पठाउन भारतलाई लेख्यो कूटनीतिक नोट

बंगलादेशले हसिनालाई फिर्ता पठाउनका लागि भारतलाई कूटनीतिका नोट लेखेको छ।

बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री सेख हसिनालाई ढाका फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको हो।

गत अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि ७७ वर्षीया हसिना भागेर भारत पुगेकी थिइन्। भारत पलायन भएसँगै उनको १६ वर्ष लामो शासन अन्त्य भएको थियो। अगस्ट ५ देखि उनले भारतमा निर्वासित जीवन बिताइरहेकी छिन्।

हसिनालाई स्वदेश फर्काउन भारत सरकारलाई ‘नोट भर्बेल’मार्फत अनुरोध गरिएको बंगलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले बताए।

‘हामीले सेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई नोट भर्बेल पठाएका छौँ,’ हुसेनले भने हप्तौँको विरोध र झडपपछि अगस्ट ५ मा भएको निर्णायक अन्दोलनले हसिनालाई अपदस्थ गरेको थियो।

सेख हसिना भारत भागेपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *