भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प

पुस २ काठमाडौं ।
प्रशान्त महासागरको टापु देश भानुआटुमा भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पको केन्द्र राजधानी पोर्टभिलाबाट करिब ३० किलोमिटर पश्चिममा थियो।

पोर्टभिलामा रहेका एक पत्रकार डेन म्याकगेरीले बीबीसीसँग र भानुआटु जंगल एडभेन्चर कम्पनीका डाइरेक्टर माइकल थम्प्सनले समाचार एजेन्सी एएफपीसँग भने अनुसार, ‘सडकमा थुप्रै मानिसहरु भुईंमा लडिरहेको, उनीहरु गम्भीर घाइते अवस्थामा रहेको, धेरै घरहरु भत्किएका र भग्नावशेषमा कसैलाई जिवितै उद्धार गर्न सकिन्छ कि भनेर ठूलो उद्धार अभियान चलिरहेको जनाएका छन्।’

भूकम्पपछि दिउँसो १२ बजेतिर ५.५ म्याग्निच्युडको परकम्प समेत आएको थियो। यसलाई भानुआटुमा २० वर्षपछिकै सबैभन्दा शक्तिशाली भूकम्प भनिएको छ।

बेलायत, फ्रान्स र न्यूजील्याण्डका दूतावासहरु रहेको एउटा ठूलो भवन भत्किएको, भूकम्प लगत्तै सरकारी वेबसाइटहरु पनि डाउन भएको, भूकम्प र परकम्पका कारण घरहरु भत्किएको, बिजुलीको पोल ढलेको र गाडीहरुमा क्षति पुगेको भिडियोहरु सार्वजनिक भइरहेको छ।

घाइतेहरुलाई उद्धार गर्दै अस्पताल लैजाने काम जारी छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *