मंसिर २९ काठमाडौं ।
दक्षिण कोरियाको राष्ट्रपति युन सुकविरुद्ध महाअभियोग प्रस्ताव पास भएको छ।
राष्ट्रपति युन सुक योलविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पास भएको हो। महाअभियोग प्रस्ताव पास भएसँगै उनी पदबाट निलम्बित भएका छन्।
अब दक्षिण कोरियाको कार्यवाहक प्रधानमन्त्री हान डक सुले राष्ट्रपतिको रुपमा सरकार चलाउने छन्। विपक्षीले उनलाई पदबाट हटाउनैपर्ने भन्दै महाअभियोग प्रस्ताव ल्याएको थियो।
सुरुमा ८ मत नपुग्दा महाअभियोग प्रस्ताव विफल भएकोमा आज फेरि दोस्रो प्रयासमा संसदमा महाअभियोगको पक्ष–विपक्षमा मतदान भएको थियो।
यसपटक भने सत्तारुढ पिपुल पावर पार्टीका केही सांसदहरुले पनि महा अभियोगको पक्षमा मत दिएपछि प्रस्ताव पास भएको द कोरिया टाइम्सले जनाएको छ।
राष्ट्रपति योलले उत्तर कोरिया र देशभित्रकै केही विपक्षीहरुबाट राष्ट्रियता खतरामा परेको भन्दै सैनिक शासन (मार्शल ल) लागू गर्ने निर्णय गरेका थिए। सैनिक शासन (मार्शल ल) को व्यापक विरोधका बीच उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार राष्ट्रपति योलविरुद्धको महाअभियोग प्रस्तावको पक्षमा २०४ मत खसेको, ८४ मत विपक्षमा, ३ मत तटस्थ र ८ मत रद्द भएका जनाएको छ।