इजरायलले आक्रमण गर्यो लेबनानको राजधानी बेरुत

असोज १७ काठमाडौं ।
इजरायलको आक्रमण लेबनानको राजधानी बेरुत परेको छ।

इजरायलले लेबनानको आकाशमा ठूलो विस्फोट गरेको भिडियो सार्वजनिक भएको छ। हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलको यो पछिल्लो ठूलो आक्रमण हो।

आक्रमणबाट भएको क्षतिको विवरण भने आइसकेको छैन। इजरायलको आक्रमणलाई बदलास्वरुप इरान र लेबनानले इजरायल माथि आक्रमण गरेका छन्। एकै दिन इरानले झण्डै २०० मिसाइल इजरायली भूमिमा प्रहार गरेको थियो।

इजरायली सेनाले लेबनानको ४०० मिटर क्षेत्रमा प्रवेश गरेको जनाएको छ। यसैक्रममा लेबनानको तर्फबाट भएको आक्रमणमा इजरायलका आठ सैनिकको मृत्यु भइसकेको छ।

युद्ध चर्किएपछि नेपाल सरकारले लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ। इजरायलसँगको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर लेबनानमा अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको हो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *