असोज ८ काठमाडौं ।
आज रातिदेखि पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ ।
धादिङ जिल्ला प्रशासन कार्यालयले अविरल वर्षा पछि बाढी, पहिरो र डुबानको जोखिम बढेकाले पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रुपमा रोक लगाएको जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले धादिङ र आसपासका क्षेत्रमा आगामी केही दिनसम्म भारी देखि अति भारी वर्षा हुने पूर्वानुमान गरेसँगै यात्रु र सवारीसाधनको सुरक्षालाई सुनिश्चित गर्न रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनले जारी गरेको सूचना अनुसार आज राति ८ बजे देखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)द्वारा जारी सूचनामा यात्रु तथा सवारी चालकहरूलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह गरिएको बताएका छन् ।