भदौ २२ काठमाडौं ।
रसुवा भोटेकोशी बाढी पछि कोरला नाका चलायमान बनेको छ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै भन्सार विभागले मुस्ताङको कोरला नाकालाई चलायमान बनाउन खोजेको छ ।
जस अनुसार मुस्ताङ भन्सार कार्यालयका लागि ६ जना कर्मचारी काजमा पठाउने तयारी गरिएको कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिएका छन् ।
नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट (वनस्पति) क्वारेन्टाइन कार्यालयमा कर्मचारी थप गरिने भएको हो ।
मुस्ताङ भन्सार कार्यलयका लागि ६ जना कर्मचारी थप गरी भन्सार विभागले खटाउने अन्तिम तयारी गरेको जनाएको छ। भने वनस्पति क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले तीन जना कर्मचारीलाई मुस्ताङ पठाइसकेको जनाएको छ।
‘तीन÷तीन जना अधिकृत र नायब सुब्बा खटाउने तयारी भइसकेको छ, लगातारको बिदाले उहाँहरू आउन ढिलाइ भएको बताएका छन् ।
भन्सार प्रमुख चुडालका अनुसार ‘कार्यालय खुल्ने दिनमै खटाइएका कर्मचारी रवाना लिएर कार्यस्थलमा आइपुग्ने र हाल मुस्ताङ भन्सार कार्यालयमा १८ जनाको दरबन्दी रहेको बताएका छन् ।
रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी पदपूर्ति गर्न लागेको बताएका छन् ।
रसुवागढी र तातोपानी नाका पूर्णरूपमा बन्द भएसँगै मुस्ताङको कोरला नाका वैकल्पिक मार्गका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।
रसुवागढी–केरुङ नाका बन्द भई रोकिएका सामग्रीलाई कोरला नाकातर्फ फिर्ता पठाउन लागिएपछि मुस्ताङ भन्सार र क्वारेन्टाइन कार्यालयलाई सक्रिय बनाउन थालिएको भन्सार प्रमुख चुडालले बताएका छन् ।