सरकारले गहुँको समर्थन मूल्य तोक्ने तयारी गर्दै

भदौ १७ काठमाडौं ।

सरकारले गहुँको समर्थन मूल्य तोक्ने तयारी गरेको छ ।

सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी स्वरूप कृषि विभागले सातै प्रदेशका प्रमुख उत्पादक जिल्लामा स्थलगत अध्ययन सुरु गरेको हो ।

सातवटै प्रदेशका प्रमुख गहुँ उत्पादन हुँने जिल्लाहरुमा प्राविधिक टोली खटाएर लागत र उत्पादको अवस्था बारे अध्ययन थालेको कृषि विभागले छ ।

बागमतीका काभ्रेपलाञ्चोक र धादिङ तथा गण्डकीका गोरखा र तनहुँ र कोशी प्रदेशको सुनसरी, उदयपुर, मधेसका सिरहा र रौतहटमा अध्ययन भइरहेको विभागले जनाएको छ ।

लुम्बिनीका नवलपरासी, कपिलवस्तु र रुपन्देही, कर्णालीको सुर्खेत र सुदूरपश्चिमका कैलाली तथा कञ्चनपुरमा पनि टोलीले काम सुरु गरिसकेको विभागले जनाएको छ ।

प्राविधिक टोलीले गहुँ उत्पादनमा लाग्ने बीउ, मल र श्रमको खर्चका साथै मुद्रास्फीति र बजार मूल्यको सूक्ष्म विश्लेषण गर्ने जनाएको छ ।

अध्ययन टोलीले बुझाएको प्रतिवेदन र लागत विश्लेषणका आधारमा न्यूनतम समर्थन मूल्य निर्धारण गरी मन्त्रालयमा प्रस्ताव पठाइने विभागले जनाएको छ ।

मन्त्रालय बाट समर्थन मूल्य स्वीकृत भएपछि सोही मूल्यका आधारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत किसान बाट गहुँ खरिद गरिने जनाएका छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *