भदौ १६ काठमाडौं ।
भोजपुरमा रुद्राक्ष किसानको आम्दानीको राम्रो स्रोत बनेको छ ।
भोजपुर जिल्लामा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको हो ।
जिल्लाको बेँसी क्षेत्रमा उत्पादन भएको रुद्राक्षका दाना टिप्ने क्रम सुरु भएको किसानले बताएका छन् ।
गत वर्ष भोजपुर बाट करिब रु. १ अर्ब बराबरको रुद्राक्षको कारोबार भएको रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईँले बताएका छन् ।
कम मिहिनेतमा तुलनात्मक रूपमा राम्रो आम्दानी लिन सकिने भएकाले रुद्राक्ष किसानको रोजाइको बाली बन्दै गएको अध्यक्ष चापागाईँको भनाइ छ ।
जिल्लामा वार्षिक करिब ११ लाख किलोग्राम रुद्राक्ष उत्पादन हुने अध्यक्ष चापागाईले बताएका छन् । भने किसानहरुले एउटै दाना बाट लाखौँ आम्दानी लिने गरेको बताएका छन्।
रुद्राक्षबाट वार्षिक रूपमा राम्रो आम्दानी हुन थालेपछि युवापुस्ता समेत रुद्राक्ष खेती तथा व्यवसायमा आकर्षित हुने क्रम बढेको बताएका छन् ।
राम्रो गुणस्तर, आकार र दुर्लभ मुख भएका रुद्राक्ष उत्पादन भए किसानले एउटै दाना बाट धेरै राम्रो आम्दानी लिन सक्ने र पछिल्लो समय रुद्राक्ष खेतीप्रति किसानको आकर्षण बढेको जनाएका छन् ।
भोजपुरको षडानन्द नगरपालिकमा पर्ने दिङ्ला क्षेत्रका अधिकांश स्थानीयले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम बनाएका छन् ।
यहाँका किसानले रुद्राक्ष बिक्रीबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएको र व्यवसायी सङ्घका अनुसार जिल्लाका ३० देखि ४० हजार किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुद्राक्षखेतीमा आबद्ध रहेको बताएका छन् ।
खाँदबारीबाट रुद्राक्ष तराईका विभिन्न जिल्ला, काठमाडौँ हुँदै चीन र भारतसम्म पुग्ने गरेको र भोजपुरको षडानन्द नगरपालिकाअन्तर्गत दिङ्ला, नेपालेडाँडा, कुदाकाउले, देउराली, साम्पाङ, मुलपानी, केउरेनीपानी, झ्याउपोखरी, साल्पासिलिछो गाउँपालिकाको कुलुङ, अरुण गाउँपालिको प्याउली, जरायोटार, सिक्रेटार तथा पौवादुङमा गाउँपालिकालगायत क्षेत्रमा रुद्राक्ष खेती हुँदै आएको छ । जिल्लाका अन्य क्षेत्रमा खेती विस्तार हुने क्रम जारी गरेको बताएका छन् ।
समुद्री सतहदेखि करिब एक हजार ४०० मिटर उचाइसम्मको भूभागमा रुद्राक्ष खेती राम्रो हुने बताइन्छ ।
