चैत २७ काठमाडौं।
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकर बिच भेट भएको छ।
आज परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस जयशंकर सँग भेटवार्ता गरेका हुन्।
भेटवार्ताको तस्वीर सेयर गर्दै भारतीय विदेशमन्त्री जयशंकरले आफूलाई खुसी लागेको बताएका छन्।
खनाल र जयशंकर बीच आज दिउँसो भेटवार्ता भएको हो।
भेटका क्रममा विभिन्न क्षेत्रमा सहकार्य गरेर भारत–नेपाल साझेदारीको पूर्ण सम्भावना बारे छलफल भएको सामाजिक सञ्जाल मार्फत उल्लेख गरेका छन्।
Post Views: 8