चैत २५ काठमाडौं।
आज राष्ट्रिय सभा र प्रतिनिधि सभा बैठक बस्दै छ।
सङ्घीय संसद दुवै सदनको बैठक आज बस्ने भएको छ।
निर्धारित कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने जनाएको छ।
आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको जनाएको छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यस्तै सभामुखले राष्ट्रपति कार्यालय बाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यसूचि रहेको छ।
राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूचि रहेको छ।