शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया कृष्णसार संरक्षण क्षेत्रबाट कृष्णसार स्थानान्तरण गरिने

चैत २४ काठमाडौँ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया कृष्णसार संरक्षण क्षेत्रबाट कृष्णसार स्थानान्तरण गरिने भएको छ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने जनाएको हो।

वन तथा वातावरण मन्त्रालयलले हाललाई ६ भाले र १२ वटा पोथी गरी जम्मा १८ वटा कृष्णसार स्थानान्तरण गरिने जनाएको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै मन्त्रालय बाट गठित कार्यदलले पेस गरेको सम्भाव्यता र स्थलगत अध्ययन प्रतिवेदनको सिफारिस तथा विगतका सैद्धान्तिक निर्णय र स्वीकृत कार्ययोजनाका आधारमा कष्णसार स्थानान्तरण गरिने जनाएको छ।

मन्त्रालयले भनेको छ, “कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट चितवन जिल्लाको टिकौली क्षेत्रमा कृष्णसार स्थानान्तरण गर्ने निर्णय भएको जनाएको छ।

लोपोन्मुख कृष्णसार विसं २०३३ मा बर्दियाको खैरापुरमा ९ वटा मा सीमित भएको थियो। तत्पश्चात् प्रभावकारी संरक्षणका कारण यसको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको हो।

विश्वव्यापी अभ्यास र कार्यदलको सिफारिसका आधारमा कृष्णसार स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ।

नेपालमा कृष्णसारको सङ्ख्या वृद्धि गर्न विगतको दशकमा सदर चिडियाखाना र खैरापुर बाट समेत गरी ४२ वटा कृष्णसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटामा स्थानान्तरण गरिएको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *