उत्तरी रसुवाका किसान आलु उत्पादन वृद्धि हुने आशाले उत्साहित

चैत २४ काठमाडौं।
उत्तरी रसुवाका किसान आलु उत्पादन वृद्धि हुने आशाले उत्साहित भएका छन्।

सोमबार परेको वर्षाले उत्तरी रसुवाका किसान आलु उत्पादन बढ्ने आशामा उत्साहित देखिएका हुन्।

वर्षा र हिमपातले आलुबालीलाई आवश्यक चिस्यान पुगेकाले उत्पादन वृद्धि हुने आशा बढेको उत्तरी रसुवाका किसानले बताएका छन्।

स्थानीय किसानको अनुसार उच्च भेगमा परेको हिउँले जमिनमा प्राकृतिक चिस्यान कायम राख्दा आलुखेतीलाई विशेष फाइदा पुग्ने बताइएका छन्।

विगत चार वर्षदेखि माथिल्लो क्षेत्रमा मात्र सीमित हिमपात यस पटक गाउँ आसपाससम्म देखिनु सकारात्मक रहेको स्थानीयले बताएका छन्।

हाल आलुबाली गोडमेल गरी दाना लाग्ने चरणमा रहेको र यही समयमा परेको वर्षाले बोटलाई आवश्यक चिस्यान प्रदान गर्दा आलु उत्पादन बढ्ने बताएका छन्।

गतलाङ क्षेत्रमा आलु खने पछि बन्दागोभी खेती गर्ने प्रचलन रहेको छ। यस क्षेत्रमा उत्पादन हुने आलु असार देखि बजारमा आउने किसानले बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *