चैत २४ काठमाडौं।
राष्ट्रिय सभा उपाध्यक्षमा लीला भण्डारीले शपथ लिएकी छन्।
आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी हुन्।
आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा उपाध्यक्ष भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छन्।
आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, मन्त्रीहरू, सांसद, संवैधानिक निकायका प्रमुख एवम् उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।
Post Views: 27