चैत २४ काठमाडौं।
आज सेयर बजार नेप्से परिसूचक २७५७ अंक कायम भएको छ।
आज सेयर बजार ६ अर्ब ७३ करोड कारोबार भएको छ।
१० प्रतिशत बढेका कम्पनीमा भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इन रहेका छन्।
त्रिशुली जलविद्युतको ८.६३ प्रतिशत, हाइड्रोपावर ०.१५ प्रतिशत, अन्य ०.७१ तथा बैंकिङ ०.०४ प्रतिशत बढ्यो।
निर्जीवन बीमा ०.३३ प्रतिशत, माइक्रोफाइनान्स ०.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०५ प्रतिशत, जीवन बीमा ०.४५ प्रतिशत, विकास बैंक ०.६२ प्रतिशत, फाइनान्स ०.४१ तथा लगानी ०.४६ प्रतिशत घट्यो।
झापा इनर्जीको मूल्य सबैभन्दा धेरै ३.९६ प्रतिशत घट्यो।
Post Views: 4