चैत २३ काठमाडौं।
आज बाट सरकारी कार्यालयहरु ९ बजे देखि खुल्ने भएको छ।
मन्त्रिपरिषदको बैठक अनुसार आज देखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने निर्णय भएका हो।
यस अघि कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म थियो। भने जाडोयाम (कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म) भने कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सन्चालन हुने गरेको थियो।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार आज देखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ने भएका हुन्।
मन्त्रिपरिषद् बैठकले इन्धन खपत घटाउनका लागि शनिबार र आइतबार दुई दिन बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो। यस सम्बन्धी निर्णय हिजो नै राजपत्रमा प्रकाशित भइसकेको छ।
Post Views: 39