चैत २० काठमाडौं ।
आज सभामुखको लागि उम्मेदवारी दर्ता हुँने भएको छ।
सभामुख निर्वाचनका लागि आगामी चैत २२ गते निर्वाचन कार्यतालिका निकालिएको छ। जस अनुसार आज उम्मेदवारी दर्ता हुन लागेको हो।
आज बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको संसद सचिवालयले जानकारी दिएको छ।
शुक्रबार दिउँसो २ः३० बजे संसद सचिवालयले उम्मेदवारको नामावली प्रकाशन गर्ने तथा एकभन्दा बढी उम्मेदवारी परे चैत २२ गते बस्ने प्रतिनिधि सभा बैठकमा निर्वाचन प्रक्रिया अघि बढ्ने जनाएको छ।
सभामुखको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन चैत २२ गते आइतवार विहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा गर्ने गरी सभामुखज्येष्ठ सदस्यले निर्वाचनको मिति र समय निर्धारण गर्नु भएकोले सोही नियमावलीको नियम ७ को उपनियम (१) को प्रयोजनको लागि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको,’ संसद सचिवालयले बिहीबार कार्यतालिका प्रकाशन गर्दै भनेको थियो।
वर्तमान संसदमा रास्वपाको झण्डै दुई तिहाइ (१८२ जना) सांसद भएकाले अर्याल सभामुख चुनिने निश्चित भएको छ।