मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या बढ्दो

चैत २० काठमाडौं ।
मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या बढ्दो रहेको छ।

मुस्ताङमा सन् २०२६ को जनवरी देखि मार्चसम्मको तीन महिनामा ४३ हजार ६५ जना विदेशी पर्यटक भित्रिएका जनाएको छन्।

सन् २०२६ को जनवरीदेखि मार्चसम्मको अवधीमा ४३ हजार ६५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको हो।

सन् २०२६ को जनवरीदेखि मार्चसम्म सार्क राष्ट्र बाट ३७ हजार ९८९ जना र अन्य मुलुक बाट ५ हजार ६७ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिएका छन्।

सन् २०२५ को तीन महिनाको तुलनामा सन् २०२६ को जनवरीदेखि मार्च महिनामा सार्क राष्ट्रतर्फ १३ हजार १४२ जना अर्थात (३४.५९) प्रतिशत र अन्य राष्ट्रतर्फ १ हजार १७० जना अर्थात (२३.०९) प्रतिशत विदेशी पर्यटक वृद्धि भएको एक्याप प्रमुख गुप्ताले जानकारी दिएका छन्।

यस अघि सन् २०२५ को जनवरी, फ्रेब्रअरी र मार्च महिनामा कूल २८ हजार ७४४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको र उक्त समयको ३ महिनामा सार्कतर्फ २४ हजार ८४७ जना र अन्य मुलुक बाट ३ हजार ८९७ जनाले मुस्ताङको भ्रमण गरेको एक्यापको तथ्याङ्कमा उल्लेख रहेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *