सेयर बजार नेप्से परिसूचक २७८२ अंक कायम

चैत १९ काठमाडौं ।
सेयर बजार नेप्से परिसूचक २७८२ अंक कायम भएको छ।

नेप्से २७८२ अंकमा कायम भएको छ। भने आज ८ अर्ब ८१ करोड कारोबार भएको छ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। १० प्रतिशत बढ्ने कम्पनीहरुमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्।

उत्पादन तथा प्रशोधन १.७६ प्रतिशत, लगानी ०.१५ प्रतिशत, हाइड्रोपवार ०.०५ प्रतिशत, होटल तथा पर्यटन ०.३९ प्रतिशत तथा विकास बैंक ०.४८ प्रतिशत बढ्यो।

सप्तकोशी विकास बैंकको ७.४२ प्रतिशत, श्रीनगर एग्रिटेकको ५.७३ प्रतिशत मूल्य बढ्यो।

बैंकिङ ०.११ प्रतिशत, फाइनान्स ०.८७ प्रतिशत, जीवन बीमा ०.१९ प्रतिशत, माइक्रोफाइनान्स ०.२९ प्रतिशत, निर्जीवन बीमा ०.३३ प्रतिशत तथा अन्य समूह सूचक ०.०२ प्रतिशत घट्यो।

भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै ३.०६ प्रतिशत, क्रेस्ट माइक्रोफाइनान्सको २.६५ प्रतिशत, अभियान लघुवित्तको २.६२ प्रतिशत मूल्य घट्यो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *