चैत २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुने

चैत १९ काठमाडौं ।
चैत २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुने भएको छ।

राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते हुने तयारी गरिएको जनाएको छ।

बिहीबारको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षको निर्वाचनका लागि मिति तोकेका हुन्।

दाहालले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचन तय गरेको बताएका छन्।

उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन पनि दिएका छन्।

राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिहरूको निर्वाचनका लागि चैत २४ समय तोकिएको जनाएको छ।

रिक्त सभापतिहरूको निर्वाचनका लागि दाहालले राष्ट्रिय सभाका सचिव तुलबहादुर पाण्डेलाई निर्वाचन कार्यक्रमको सूचना प्रकाशित गर्न निर्देशन दिएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *