चैत १९ काठमाडौं ।
काठमाडौं महानगरपालिकाले रात्रिकालीन बस सञ्चालन गर्ने भएको छ।
वैशाख १ गते देखि महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको हो।
काठमाडौं महानगरपालिकाको अनुसार दुई वटा रूटमा चारवटा बस सञ्चालन गर्न लागिएको जनाएको छ।
उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रूट अन्तर्गत ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म सञ्चालन हुने जनाएको छ।
थानकोट देखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरमा ४ वटा रात्रिकालीन बस सञ्चालन हुने भएको छ।
बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महँगो यात्रा गर्नुपर्ने अहिलेको अवस्थामा सुधार गर्न जरूरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरू गर्न लागेका महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्, ‘सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेको र त्यसमा पनि किशारी र महिलाहरूले दुव्र्यवहार भोग्नु परेको तथा विद्यार्थीहरूलाई आर्थिक रूपमा धेरै मर्का भन्दै त्यस्तो अवस्था सुधार गर्नका लागि रात्रिकालीन बस सेवा सुरु गर्ने लागेका बताएको छन्।
सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो दिगो प्रणाली बनाउने लक्ष्यका साथ साझेदारहरूसँग सहकार्य गर्न महानगरपालिका खुला रहेको कार्यवाहक प्रमुख डंगोलले बताएको छन्।
रात्रिकालीन सब सेवा सुरु गर्दा साँझ ८ बजेदेखि राति ११ बजेसम्म बसहरू सञ्चालन हुने जनाएको छ।