चैत १६ काठमाडौं।
बर्ड फ्लूको कारण भारत बाट कुखुरा र अण्डा ल्याउन रोक लगाएको छ।
खुला सीमा रहेको बाँकेको नेपालगञ्ज लगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि उच्च सर्तकता अपनाइएको जनाएको छ।
जिल्लासँग जोडिएका नाका बाट अवैध रूपमा भारत बाट ल्याउन लागिएका चल्ला दैनिकजसो नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय, बाँकेका प्रमुख डा हरेराम यादवले जानकारी दिएका छन्।
नेपालगञ्ज लगाएत क्षेत्रमा बर्ड फ्लू नदेखिएको उल्लेख गर्दै कुखुराका चल्ला र सेतो अण्डा ल्याउन रोक लगाइएको बताएका हुन्।
डा. यादवले आन्तरिक ढुवानीमा कडाइ र निगरानी गरिनुका साथै सरकारले भारत बाट कुखुराका चल्ला वा सेतो अन्डा नेपाल ल्याउन प्रतिबन्ध लगाएको जनाएको छ।
पशु क्वारेन्टाइन कार्यालयका अनुसार जिल्लामा करिब २० देखि २५ थान ब्रोइलर भारतीय कुखुरा दैनिक रूपमा नष्ट गरिएको जनाएको छ।
नियमित रूपमा कार्यालय बाट हुने जनचेतानमूलक कार्यक्रम भइरहे भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपालगञ्जका वरिष्ठ पशु विकास अधिकृत डा. गणेशबहादुर पुनले बताएका छन्।