चैत १६ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २८३१ अंक कायम भएको छ।
सेयर बजारसँगै कारोबार रकम पनि घटेर १२ अर्ब ९६ करोड कारोबार भएको छ।
१० प्रतिशत बढ्ने कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन्। भने सप्तकोशी विकास बैंकको मूल्य ९.८३ प्रतिशत बढ्यो।
बैंकिङ १.८६ प्रतिशत, विकास बैंक १.२४ प्रतिशत, फाइनान्स २.०० प्रतिशत, होटल तथा पर्यटन १.१८ प्रतिशत, हाइड्रोपावर १.९३ प्रतिशत, लगानी १.५९ प्रतिशत, जीवन बीमा १.४० प्रतिशत र उत्पादन तथा प्रशोधन ०.२१ प्रतिशत बढ्यो।
माइक्रोफाइनान्स १.३० प्रतिशत, निर्जीवन बीमा १.८२ प्रतिशत, समूह २.१३ प्रतिशत, सोलु हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.७९ प्रतिशत, युनिक नेपाल लघुवित्तको ७.२३ प्रतिशत, सीवाईसी लघुवित्तको ६.८६ प्रतिशत र मल्टिपर्पज फाइनान्सको ४.९३ प्रतिशत मूल्य घट्यो।
आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट, अपी पावर र नेसनल हाइड्रोपावर कम्पनी रहेका छन्।