आफ्नै निवास बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

चैत १४ काठमाडौं ।
आफ्नै निवास बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओलीलाई पक्राउ गरेको थियो।

पूर्वप्रधामन्त्री ओलीलाई पक्राउ गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले पुष्टि गरेका छन्।

ओलीलाई पक्राउ गर्न राति देखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो।

ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि आज बिहान प्रहरीले भक्तपुरको कुटुन्जेस्थित निवास बाट पक्राउ गरिसकेको जनाएको छ।

भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *