३५ वर्षीय बालेन्द्र शाह बने प्रधानमन्त्री

चैत १३ काठमाडौं।
३५ वर्षीय बालेन्द्र शाह प्रधानमन्त्रीका नियुक्त भएका छन्।

आज बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेल बाट प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

फागुन २१ को प्रतिनिधिसभा चुनावमा झापा ५ बाट निर्वाचित शाह संसद्को पहिलो यात्रामै प्रधानमन्त्री बनेका छन्।

संविधानको धारा ७६ को १ अनुसार बहुमत प्राप्त दलको नेताको रुपमा शाह प्रधानमन्त्री नियुक्त भएका हुन्।

४ वर्ष अगाडिसम्म ¥यापरका रूपमा नयाँ पुस्ता बीच मात्र चर्चित रहेका शाह काठमाडौं महानगरको मेयरमा विजयी भएसँगै चर्चाको उचाइमा पुगेका थिए।

मेयरमा विजयी भएसँगै बालेनले भर्चुअल संसारमा आफ्नो परिचय भूगोलतिर व्यापक बनाउन सफल भएसँगै प्रतिनिधि सभा निर्वाचनमा निर्वाचि भएका छन्।

काठमाडौंको गौरीगाउँमा जन्मिएका शाह आयुर्वेदिक चिकित्सक डा. राम नारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन्।

ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजी बाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गर्नुका साथै पेशा गरेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *