चैत ११ काठमाडौं।
आज सेयर बजार नेप्से परिसूचक २९३५ अंक कायम भएको छ।
५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्।
पन्चकन्या माइ हाइड्रोको ९.७ प्रतिशत, व्यापार समूह सबैभन्दा धेरै ३.४५ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.४८ प्रतिशत बढ्यो।
बैंकिङ १. ४० प्रतिशत, विकास बैंक २.३२ प्रतिशत, फाइनान्स २.०९ प्रतिशत, होटल तथा पर्यटन ०.०५ प्रतिशत र हाइड्रोपावर ०.१६ प्रतिशत घट्यो।
लगानी ०.५३ प्रतिशत, जीवन बीमा १.३९ प्रतिशत, माइक्रोफाइनान्स १.६४ प्रतिशत, निर्जीवन बीमा १.१५ प्रतिशत तथा अन्य समूह १.७० प्रतिशत घट्यो।
अभियान लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.७४ प्रतिशत, सालपा विकास बैंकको ६.९९, कर्पोरेट डेभलपमेन्टको ६.७१ प्रतिशत, सिन्धु विकास बैंकको ६.०९ प्रतिशत मूल्य घट्यो।