चैत ११ काठमाडौं।
रुसले युक्रेनमा अहिलेसम्मकै ठूलो हवाई हमला गरेको छ।
रूसले युक्रेनमा चौबीस घन्टाभित्र अहिलेसम्मकै ठूलो हवाई हमला गरेको हो।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको अनुसार मध्यपूर्वमा जारी तनावबीच रूस–युक्रेन युद्धविरामका लागि कुटनीतिक छलफल कम भइरहँदा रूसले युक्रेनमा चौबीस घन्टाभित्र अहिलेसम्मको ठूलो हवाई हमला गरेको जनाएको छ।
गएको चौबीस घन्टा भित्र रुसले युक्रेनमा ९४८ वटा ड्रोन प्रहार गरेको बिबिसीले जनाएको छ। यस सँगै विश्वको ध्यान अन्यत्र मोडिएको सन्दर्भमा रूसले युद्धको गतिशीलता बढाएको संकेत गरेको उल्लेख गरेको छ।
स्थानीय समय अनुसार मंगलबार बिहान देखि मात्रै ५५६ ड्रोन प्रहार गरेको युक्रेनी पक्षले जनाएको छ।
रुसले दिउँसो पनि युक्रेनमा ड्रोन हानेको र दिउँसोको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको बिबिसीले उल्लेख गरेको छ।
युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत ल्भिभमा १६औं शताब्दीको बर्नार्डिन मठ क्षतिग्रस्त भएको तथा छिमेकी इभानो–फ्राङ्किभ्स्क क्षेत्रमा रहेको एक प्रसूति अस्पताल पनि आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
रूसले चौबीस घन्टाको अवधीमा अहिलेसम्मको धेरै हवाई हतियार प्रयोग गरी हमला गरेको सञ्चार माध्यमहरुले जनाएको छ।