ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए शपथ

चैत ११ काठमाडौं।

आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ लिएका छन्।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय पुगेर शपथ ग्रहण गरेका हुन्।

शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन्।

शपथ लगत्तै केसीले सिंहदरबारस्थित संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणाली बाट निर्वाचित भएका थिए।

केसीले राष्ट्रपति बाट सपथ लिए पछि चैत १२ गते बिहीबार प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन्।

केसीले सभामुख निर्वाचित नहुँदासम्म प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्ने जनाएको छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *