चैत ११ काठमाडौं।
चालु आर्थिक वर्षमा एक खर्ब बढी पेट्रोलियम पदार्थ आयात भएको छ।
चालु आर्थिक वर्षको प्रथम ७ महिनामा रु. १ खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो।
पेट्रोलियम पदार्थको आयात बाट रु. ५२ अर्ब १५ करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
कार्यालयको अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको जनाएको छ।
त्यस्तै रु.६३ अर्ब ६५ करोड बराबरको ७ लाख २ हजार ३०० किलोलिटर डिजेल आयात भएको जनाएको छ।
सोही अवधिमा रु. २५ अर्ब ३० करोड बराबरको २ लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल रु. २० अर्ब ८५ करोड बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको कार्यालयले जनाएको छ।
Post Views: 4