चैत १० काठमाडौं।
चितवन राष्ट्रिय निकुञ्जमा तालिम प्राप्त कुकुर परिचालनमा ल्याएको छ।
निकुञ्ज प्रशासनले चार तालिम प्राप्त कुकुर समेत परिचालन गरि निकुञ्जको सुरक्षा गर्दै आएको जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज सुरक्षाको लागि नियमित सुरक्षा गस्ती, स्वीप र एम्बुसिङ्गसँगै प्रविधिको समेत प्रयोग गर्न थालेको हो।
निकुञ्ज कार्यालयले नियमित रूपमा लामो, मध्यम र छोटो दूरीको गस्ती, सुराकी परिचालन, संयुक्त अनुसन्धान सेल सञ्चालन गर्दै आएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताउका छन्।
रियल टाइम मनिटरिङ, सिसीटिभी क्यामेरा बाट मनिटरिङ्, ड्रोन, भेइकल ट्याकिङ रेकड सिस्टम लगायतका प्रविधि बाट निकुञ्जको सुरक्षा गरिएको जनाएको छ।
यस बाहेक पैदल, साइकल, हात्ती, डुङ्गा, सवारीसाधन र गस्ती बाट पनि सुरक्षा गरिँदै आइएको निकुञ्ज कार्यालयले जनाएको छ।
प्रविधिको प्रयोगले चोरीसिकारी नियन्त्रणमा महत्त्वपूर्ण सफलता प्राप्त गर्दै आएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताएका छन्।
प्रविधिको प्रयोगसँगै वन्यजन्तुको अपराधमा संलग्नलाई पक्राउ गर्न र चोरीसिकारी न्यूनीकरण गर्न सफल भएको कार्यालयले जनाएको छ।
स्थानीयस्तरमा हुने युवा परिचालन समिति, नेपाली सेना, निकुञ्जका कर्मचारीको अथक प्रयासले मात्र चोरीसिकारी न्यूनीकरण सम्भव भएको जनाएको छ।