सेयर बजार नेप्से परिसूचक २९३१ अंक कायम

चैत ८ काठमाडौं।
सेयर बजार नेप्से परिसूचक २९३१ अंक कायम भएको छ।

आज सेयर बजार २३ अर्ब ५९ करोड कारोबार भएको छ।

बैंकिङ २.४९ प्रतिशत, विकास बैंक २.४६ प्रतिशत, फाइनान्स २.१३ प्रतिशत, होटल तथा पर्यटन ३.०५ प्रतिशत, हाइड्रोपावर ०.३३ प्रतिशत र लगानी ०.७७ प्रतिशत बढ्यो।

जीवन बीमा २.०० प्रतिशत, उत्पादन तथा प्रशोधन १.९३ प्रतिशत, निर्जीवन बीमा २.७२ प्रतिशत तथा अन्य समूह १.७१ प्रतिशत बढ्यो।

१० प्रतिशत बढेका कम्पनीहरुमा रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, अभियान लघुवित्त, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, होटल फरेस्ट इन र विजय लघुवित्त रहेका छन्।

माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ४.२१ प्रतिशत बढेको छ। भने व्यापार समूह ०.११ प्रतिशत घट्यो।

सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.१५ प्रतिशत घटेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *