प्राविधिक खराबीका कारण समुद्रामा खस्यो कतारको सैन्य हेलिकप्टर

चैत ८ काठमाडौं।
प्राविधिक खराबीका कारण कतारको सैन्य हेलिकप्टर समुद्रामा खसेको छ।

कतारी रक्षा मन्त्रालयका अनुसार ‘नियमित ड्युटी’ मा रहेको सैन्य हेलिकप्टर प्राविधिक खराबीका कारण समुद्री क्षेत्रमा खसको जनाएको हो।

मध्य–पूर्वमा बढ्दो सैन्य सरगर्मीका बीच कतारको एउटा सैनिक हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ।

कतारी रक्षा मन्त्रालयको अनुसार दुर्घटनाग्रस्त हेलिकप्टरका चालक दल र त्यसमा सवार अन्य व्यत्तिलहरुको खोजी तथा उद्धार कार्य तीव्र पारिएको जनाएको छ।

बिबिसी हिन्दीमा उल्लेख भए अनुसार मन्त्रालयले सरकारी सञ्चार माध्यममार्फत विज्ञप्ति जारी गर्दै हेलिकप्टर दुर्घटनाग्रस्त भएको जनाएको छ।

घटनाको विस्तृत विवरण र क्षति बारे थप जानकारी आउन बाँकी रहेको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएकोे छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *