लिपुलेक भञ्ज्याङ हुँदै भारत–चीनले सीमा व्यापार सुरु गर्ने

चैत ८ काठमाडौं।
लिपुलेक भञ्ज्याङ हुँदै भारत–चीनले सीमा व्यापार सुरु गर्ने भएको छ।

नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार यस वर्ष बाट पुनः सुरु गर्ने तयारी भएको जनाएको छ।

छ वर्षको अन्तराल पछि लिपुलेक भञ्ज्याङ हुँदै दुई छिमेकी देशले पुनः सीमा व्यापार सुरु गर्ने तयारी गरेको भारतको प्रमुख समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)को रिपोर्टमा उल्लेख गरेको छ।

पीटी आईले उत्तराखण्डका जिल्ला अधिकारी आशिष भटगाईलाई उद्धृत गर्दै सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म चल्ने व्यापार सत्रका लागि केन्द्र सरकारको आदेश अनुसार तयारी सुरु भइसकेको दाबी गरेका छन्।

पुलाङ–गुन्जी भन्ने लिपुलेक भञ्ज्याङ, कालापानी क्षेत्रमा अवस्थित तीनवटा गाउँहरूमध्ये एक भएको स्थानीयले बताएका छन्।

अहिले भारतीय नियन्त्रणमा रहेको लिपुलेक भञ्ज्याङ क्षेत्र माथि नेपालले निरन्तर आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ।

यस अघि सन् २०१५ र २०२० मा पनि नेपालले लिपुलेकको विषयमा भारत र चीनले गरेको द्विपक्षीय सम्झौताको विरोध गरेको थियो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *