चैत ७ काठमाडौं ।
आज मुस्लिम समुदायले ईद उल पित्र पर्व मनाउँदै छन्।
अरबी पात्रो हिजरी संवत अनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडा बाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन्।
आज विशेष नमाज पाठ गरे पछि तीन दिनसम्म आफूभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिने गर्दछन्।
यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने र ठूलो बाट आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन प्रचलन छ।
खुसीपूर्वक दान गरेर दीन दुःखी एवम् गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो। अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने जनाएको छ।
घण्टाघरमै रहेको काश्मि मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा पनि विशेष कार्यक्रमका साथ नमाज पाठ गरिन्छ।
इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छे अनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन्। आज भन्दा एक महिना अघि देखि मुस्लिम समुदायको एक महिना लामो ब्रत (रोजा) सुरु भएको थियो।
एक महिनासम्म सूर्योदय देखि सूर्यास्त नहुने बेलासम्म ब्रत गरेर साँझ चन्द्रमाको पूजा गरिएको थियो। यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाइ साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन्।