चैत ६ काठमाडौं।
मौसमको कारण त्रिभुवन विमानस्थलको उडान प्रभावित भएको छ।
हावाहुरी सहित आएको पानी र असिनाले त्रिभुवन विमानस्थल सहित नेपालका धेरै विमानस्थल प्रभावित भएको जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका विभिन्न विमानस्थलमा हवाई उडान र अवतरणमा समस्या हुँदा उडानहरू प्रभावित भएका विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले बताएका छन्।
वर्षा र मेघ गर्जन सहितको मौसमका कारण उडान सुरक्षामा चुनौती देखिएपछि जहाजहरूले सुरक्षित रूपमा अवतरण गर्न नसकेको जनाएको छ।
विमानस्थल प्राविधिक रूपमा खुला रहे पनि प्रतिकूल मौसम र कम भिजिबिलिटी कारण जहाजहरू उडान र अवतरण गर्न नसकेको विमानस्थल स्रोतले जनाएको छ।
भारतबाट काठमाडौँका लागि उडेको इन्डिगो एयरलाइन्सको जहाज अवतरण गर्न नसकेपछि लखनउ डाइभर्ट र कतारको दोहा बाट आएको कतार एयरवेजको जहाज पनि नेपालको आकाशमा होल्डमा रहेको जनाएको छ।
प्रवक्ता बस्नेतका अनुसार यदि केही समयमा मौसममा सुधार नआएमा यसलाई पनि अन्यत्र डाइभर्ट गर्नुपर्ने अवस्था सिर्जना हुन बताएका छन्।
हाल आकाशमा एउटा मात्र जहाज होल्डमा रहेको र अरू जहाजहरू डाइभर्ट भइसकेको जनाएको छ।
काठमाडौँका लागि विभिन्न सहरबाट उडेका जहाजहरू गन्तव्यमा पुग्न नसकी बिच बाटो बाटै वा काठमाडौँको आकाश बाटै सम्बन्धित विमानस्थलमै फर्किएको जनाएको छ।