कुवेतको ‘मिना अल–अहमदी’को प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण

चैत ६ काठमाडौं।

कुवेतको ‘मिना अल–अहमदी’को प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको छ।

मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको युद्ध तेस्रो हप्तामा प्रवेश गर्दा कुवेतको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको हो।

कुवेत पेट्रोलियम कर्पोरेसनको अनुसार इरानी ड्रोन आक्रमणले कुवेतको तेल रिफाइनरीका केही एकाइहरूमा आगलागी भएको र केही प्लान्टहरू बन्द जनाएको छ।

यो आक्रमण दुई दिनभित्र कुवेती तेल पूर्वाधारमा भएको दोस्रो ठूलो प्रहार भएको र आक्रमण लगत्तै सुरक्षाका कारण रिफाइनरीका केही महत्त्वपूर्ण प्लान्टहरू बन्द गरिएको जनाएको छ।

इरानले बहराइन, संयुक्त अरब इमिरेट्स र साउदी अरबमा मिसाइल र ड्रोन प्रहार गर्दा विश्व बजारमा कच्चा तेलको मूल्य अहिले प्रति ब्यारेल ११६ डलर भन्दा माथि पुगेको जनाएको छ।

कुवेती समाचार संस्था ‘कुना’ का अनुसार हालसम्म यस घटनामा कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको र अग्निनियन्त्रकहरूले आगोलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका उल्लेख गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *