यातायात व्यवस्था कार्यालय धनगढीले गर्यो ४८ करोड बढी राजस्व संलन

चैत ६ काठमाडौं ।
यातायात व्यवस्था कार्यालय धनगढीले ४८ करोड बढी राजस्व संकलन गरेको छ।

यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२–८३ मा रु.४८ करोड १९ लाख ५१ हजार राजस्व संकलन गरेको हो।

यातायात व्यवस्था कार्यालयका प्रमुख भुवन जोशीको अनुसार विभिन्न शीर्षक बाट सो राजस्व संकलन गरेको जनाएको छ।

जोशीका अनुसार सबैभन्दा बढी राजस्व संकलन सवारीसाधन बाट रु. ३७ करोड ८३ लाख र सबै भन्दा कम व्यावसायिक रजिष्ट्रेसन दस्तुर बाट रु. १२ लाख राजस्व संकलन भएको जानकारी दिएका छन्।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, लाइसेन्स नवीकरण, जरिवाना, जाँचपास र लाइसेन्स प्रमाणीकरण बाट रु. ९ करोड ३५ लाख ८२ हजार तथा यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदूषण, रुट ईजाजत) बाट रु. ८८ लाख २६ हजार राजस्व संकलन भएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *