चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बृद्धि

चैत ६ काठमाडौं।
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बृद्धि भएको छ।

गत वर्षको तुलनामा यस वर्ष चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको जनाएको हो।

चालु आर्थिक वर्ष २०८२,८३ को ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरुमा घुम्न आउने पर्यटकको संख्या १२ हजार ४१२ ले बढेको निकुञ्ज स्रोतले जनाएको छ।

यस वर्ष १ लाख ६८ हजार ६९५ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। भने गत आर्थिक वर्षको सोही अवधिमा १ लाख ५६ हजार २८३ पर्यटक आगमन भएको स्रोतले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार फागुन मसान्तसम्ममा निकुञ्जमा १ लाख ४ हजार ९६ जना नेपाली पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने आएका छन्।

सार्क मुलुक बाट ९हजार ५४४ जना र अन्य देशका बाट ५५ हजार ५५ जनाले यस वर्ष निकुञ्ज भ्रमण गरेको जानकारी दिएका छन्।

निकुञ्जमा एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चित्तल, घडीयाल गोही लगायतका वन्यजन्तु र चराचुरुङ्गी हेर्न पर्यटकहरु आउने गर्दछन्।

भ्रमण गर्न आउने पर्यटकहरु बाट निकुञ्जले चालु आर्थिक वर्षमा रु. १७ करोड ५७ लाख ५६ हजार ३२५ राजस्व संकलन गरेको जनाएको छ।

काठ दाउरा बिक्री बाट रु. ७१ हजार ३५०, गैरकाठ वन पैदावर बिक्री बाट रु. ७० लाख ६८ हजार ७६६, पर्यटन बाट रु. १६ करोड ६३ लाख २४ हजार १००, दण्ड सजाय बाट रु. ७ लाख ५९ हजार ७०४ र अन्य शीर्षक बाट रु. १५ लाख २२ हजार ४०५ रकम राजस्व संकलन भएको निकुञ्ज स्रोतले जानकारी दिएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *