चैत ३ काठमाडौं।
झापामा हावाहुरीका कारण केराखेतीमा लाखौंको क्षति भएको छ।
झापा गाउँपालिकामा केरा खेती गर्दै आएका किसान चन्द्र बहादुर बस्नेतले हावाहुरी बाट १६ लाख बराबरको क्षति भएको बताएका हुन्।
बस्नेतले आफ्नो फार्मममा मात्रै १६ लाख रुपैयाँ बराबरको केरा क्षति भएको बताएका छन्।
हावाहुरीका कारण मकैमा पनि क्षति पुगेको जनाएको छ। ६ वर्ष देखि व्यवसायिक केरा खेती गर्दै आएका बस्नेतको गत असोज महिनामा पनि बाढी र डुबान बाट पीडित भएकोमा हावाहुरीले पुनः क्षति पारेको बताएका छन्।
२०८० सालमा नेपालका उत्कृष्ट किसानबाट पुरस्कृत बस्नेतले सरकारले किसानहरुको समस्या सम्बोधन गर्नुपर्ने बताएका छन्।
थापाको अनुसार राज्यले एक वर्षमा केरा खेतीको बीमा गरिदिए पनि अर्को वर्ष देखि बीमा हटाइदिएको गुनासो गरेका छन्। भने ‘किसानहरुलाई पुनः उठ्न राज्यले शतप्रतिशत क्षतिपूर्ति दिनुपर्ने जनाएका छन्।