चैत ३ काठमाडौं।
कास्कीको रुपातालमा १० हजार माछाका भुरा छाडिएको छ।
कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका भुरा छाडिएको हो।
रुपाताल सहकारीले रजत वर्षको अवसर पारेर तालको आय आर्जनमा सहयोग पुग्ने गरी माछाका भुरा छाडिएको जनाएको छ।
विसं २०५८ मा ३६ जना शेयर सदस्यबाट सुरु गरिएको रुपाताल सहकारीले सफलतापूर्वक २५ वर्ष पार गरेको अवसरमा ‘प्राकृतिक सम्पदाको संरक्षण गरौँ, दिगो उत्पादनमा जोड दिउँ’ भन्ने मूल नाराका साथ यस वर्षलाई रजत वर्ष मनाउने घोषणा गरिएको संस्थाका अध्यक्ष रामबहादर थापाले जनाकारी दिएका छन्।
रुपा गाउँपालिका र पोखरा महानगरपालिका–३२ मा पर्ने रुपाताल पुनः स्थापना तथा मत्स्यपालन सहकारी संस्थाले यस वर्षलाई रजत वर्षका रूपमा मनाउने योजना सहित तालमा विभिन्न जातका माछाका भुरा छाडिएको थापाले जानकारी दिएका छन्।
स्थापनाकालमा ३६ जना शेयर सदस्यको रु.पाँच हजार शेयर पुँजी बाट एक लाख ८३ हजार ६०० बाट सञ्चालित संस्था अहिलेसम्म आइपुग्दा एक हजार ५१ शेयर सदस्यमार्फत रु.चार करोड २० लाख ४० हजार शेयर पुँजी बनाउन सफल भएको थापाले जानकारी दिएका छन्।
तालमा माछाको भुरा छोड्दै बेगनास मत्स्य अनुसन्धान केन्द्रका प्रमुख डा. मोहम्मद इकवाल हुसेनले तालको प्राकृतिक सौन्दर्यतालाई नबिगारी तालमार्फत आयआर्जनमा जोडिने गरी माछापालनलाई अगाडि बढाइएको बताएका छन्।